एनएमबि बैंकद्वारा परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत

काठमाडौँ, ९ जेठ । सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न सकिनेछ ।

वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ ।

उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुला देखी साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोस्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकद्घारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५