सम्पूर्ण विद्यार्थीहरुको भरपर्दो अभिभावक संगठन अनेरास्ववियू हो : संयोजक महर

काठमाडौँ, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक गणतन्त्रको योद्धा तथा शैक्षिक आन्दोलनको नेता संगठन अनेरास्ववियू भएको बताउनुभएको छ ।

आज अनेरास्ववियूको ५६औं स्थापना दिवसको अवसरका सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै संयोजक महरले परिवर्तित सन्दर्भमा समय सापेक्षिक रुपमा आन्दोलनको कार्यदिशा र स्वरुपमा परिमार्जन गर्दै यस आन्दोलन प्रतिको भरोसामा आम विद्यार्थी र जनसमुदायमा व्यापक वृद्धि गर्दै यसको उचाई सगरमाथा जस्तै अग्लो बनाउनु पर्ने जिम्मेवारी इतिहासले तपाईं हाम्रो काँधमा सुम्पेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक गणतन्त्रको योद्धा, शैक्षिक आन्दोलनको नेता, जनजिबिकाको भरपर्दो आवाज, सामाजिक न्यायका लागि अनवरत संघर्षरत र सामाजिक बिकृती -बिसंगतिका बिरुद्धको अग्रणी दस्ता नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियू आज ५५ बर्ष पूरा गरि ५६ बर्षमा प्रवेश गरेको छ ।

२०२२ साल जेष्ठ १ गते विद्यार्थी एकता दिवसको दिन स्थापना भै आज सम्मको यात्रामा अनेकौं हण्डर ठक्कर खाँदै नेपालको राजनितिक परिवर्तन, राष्ट्रियताको आन्दोलन र शैक्षिक आन्दोलनमा गर्विलो इतिहास निर्माण गरेको छ । विद्यार्थी आन्दोलनलाई यो उचाईसम्म पुर्याउन तमाम योद्धाहरुले बलिदानी गर्दै शहादत प्राप्त गर्नु भएको छ । यस घडिमा विद्यार्थी आन्दोलनका ती तमाम ज्ञात अज्ञात सम्पुर्ण शहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । तमाम योद्धाहरु घाइते हुनुपरेको छ सम्पूर्ण घाइतेहरुप्रती उच्च सम्मान प्रकट गर्दछु ।

अग्रजहरुको बलिदानी, समर्पण र त्यागबाट यो उचाई प्राप्त गरेको विद्यार्थी आन्दोलन र त्यसको मुल प्रवाह अनेरास्ववियू आज पनि विद्यार्थीहरुको आशा र भरोसाको संगठन हो । विद्यार्थीहरुको पहिलो रोजाई हो । विद्यार्थीहरुको भरपर्दो अभिभावक हो । परिवर्तित सन्दर्भमा समय सापेक्षिक रुपमा आन्दोलनको कार्यदिशा र स्वरुपमा परिमार्जन गर्दै यस आन्दोलन प्रतिको भरोसामा आम विद्यार्थी र जनसमुदायमा व्यापक वृद्धि गर्दै यसको उचाई सगरमाथा जस्तै अग्लो बनाउनु पर्ने जिम्मेवारी इतिहासले तपाईं हाम्रो काँधमा सुम्पेको छ ।

मुट्ठिभर शैक्षिक माफिया, लोकतन्त्र बिरोधि प्रतिगामी शक्तिहरु, राष्ट्रघातीहरु साम्राज्यवाद र भारतीय बिस्तारवादका दलालहरु विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन यसको भुमिकालाई निश्प्रभावी बनाउन अझ यसको अस्तित्व नै समाप्त पार्न षडयन्त्रका तानाबाना बुनिरहेका छन् । यसप्रती सचेत हुँदै शहिदहरुका रगतले लत्पतिएको कलम र तारा अंकित रक्त रञ्जित झण्डालाई साँची राखेर संगठनको एकतालाई बलियो बनाउँदै विधि र बिधानको पालना गर्दै संगठनको फलामे अनुशासनलाई कायम गर्दै हाम्रो इतिहासले सुम्पेको कार्यभार पूरा गर्नु पर्नेछ र माथी उल्लेखित चुनौतिको डटेर सामना गर्नु पर्नेछ ।

अन्त्यमा, महान शहिदहरु प्रती पुन: श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा विभिन्न समयमा घाइते हुनुभएका अग्रज एवं सहयोद्धाहरु प्रती उच्च सम्मान प्रकट गर्दै यो उचाईमा आन्दोलनलाई पुर्याएर हामीलाई जिम्मेवारी सुम्पिनुहुने अग्रजहरु प्रती कृतज्ञता प्रकट गर्दै अनेरास्ववियूको स्थापना दिवसको शुभ उपलक्षमा सम्पूर्ण प्रगतिशील देशभक्त र जनवादी विद्यार्थी साथीहरुमा हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
अनेरास्ववियू – जिन्दावाद १
वीर शहिदहरु – लालसलाम ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनले पार्टीको

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

काठमाडौँ, २९ वैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021