छिमेकीले नेपालमाथि सधैं तिरले घोचिरहयो, स्थायी समाधानको लागि एकढिक्का होऔं : सांसद जिसी

काठमाडौँ, ३१ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले छिमेकी मुलुक भारतले नेपालमाथि सधैं तिरले घोचिरहेको उल्लेख गर्दै अब स्थायी समाधान गर्न सवै नेपाली एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा आफ्नो धारणा राख्दै सांसद जिसीले विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि विश्व जगत नै लागि रहेको समयमा छिमेकी मुलुक भाारतले सीमा अतिक्रमण तथा नेपाली भूभागमा नेपाल सरकारको स्वीकृति विना लिपुलेक हुँदै मानसरोवर पुग्ने सडक निर्माण गरेकोमा कडा रुपमा आपत्ती जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘छिमेकी मुलुकले नेपालीमाथि सधैं तिरहरु घोचिरहयो, अब यसको अन्त्य हुने गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,ले चालेका कदमहरु, हिजो पुनःनिर्माणमा जनताका माझ उठाएको आत्मविश्वास अहिलेको अवस्थामा पनि सो भन्दा बढी आत्मविश्वास मिलोस् । सवै राजनीतिक दल तथा आम नेपाली एक ढिक्का भई सरकारलाई साथ र सहयोग गर्दै अघि बढौं । सफलता अवस्य चुम्न सकिनेछ ।’

विभिन्न चुनौतिहरुलाई सामना गर्दै अघि बढ्नुपर्ने बाध्यात्मक अवस्थामा आर्थिक वर्ष २०७७ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सवालमा आफ्नो धारणा राख्दै सांसद जिसीले देशको सिमित स्रोत, साधान तथा क्षमतालाई मापन गरी ल्याइएको विधेयकको पूर्ण रुपमा समर्थन गर्नुभयो । उहाँले विधेयकले समाजवाद उन्मुख यात्रालाई अघि बढाउँदै सच्चा रुपमा समृद्ध नेपाल सुखी नेपालीको अनुभुत गर्ने प्रकारको भएको उल्लेख गर्नुभयो ।

विश्वमा नै विषम् परिस्थिती सिर्जना भइरहेको समयमा सरकारको नीति, कार्यक्रम तथा बजेट समय सान्दर्भिक हुनुपर्नेमा जोड दिँदै उहाँले एउटा चराले गुँडमा रहेको बचेरालाई छोडेर जान नसक्ने उदाहरण प्रस्तुत गर्नुभयो । कोरोनाको विरुद्धमा सवै एक जुटद भई लाग्नुपर्ने समयमा यो वा त्यो ढंगले कसैको विरोध गर्नेलाई जनताले कोरोना विरुद्ध तथा देशको सीमाना विरुद्धमा लडेको हो या हैन भन्ने मुल्याङकन गरिरहेको भन्दै सवैलाई गम्भीर बन्न आग्रह गर्दै उहाँले कोरोनाको अन्त्य, लगडाउनको असरले जनताको गास, वास तथा कपासको व्यवस्थापन साथै शान्ति, सुरक्षालाई व्यवस्थापन नै अहिलेको अपरिहार्यता रहेको औल्याउनुभयो ।

‘जुन समयमा सवै एकजुट भई समन्वय गर्नुपर्ने वेलामा कसैलाई दोसारोपण हैन, साथ र सहयोग गरी अघि बढौं, सवै गम्भीर बनौं ।’ उहाँले भन्नुभयो, ‘एउटा जंगलमा आगो लग्छ, चराले चुच्चोमा पानी ल्याई आफ्नो बचेरालाई बचाउँदा सारा चराहरुले उसलाई विरोध त गर्छन तर सल्किदै गरेको आगोलाई चराको चुच्चेले च्यापेर ल्याएको आगोलाई निमाउन सहयोग गर्छ र उसको गुँड तथा बचेरासमेत बच्छन्, उसको जन्मभूमि पनि बच्छ र उसको बाच्न पाउने अघिकार पनि सुरक्षित हुन्छ ।’

लकडाउनमा बसेकाले मनोवैज्ञानिक रुपमा कसरी विजय हासिल गर्ने ? लगायतका विषयमा अभियान्ताहरुले सचेतना व्यापक गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै उहाँले कोरोनाको संक्रमणको अन्त्य गर्न स्रोत तथा साधनले मात्र नभई आत्मवल र मनोवैज्ञानिक रुपमा विकास गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । मनोवैज्ञानिक समस्याका कारण स्वास्थ्य क्षेत्रमा धेरै समस्या उत्पन्न भइहेको प्रती लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘मैले आफैले नीजि १२ वटा अस्पतालहरुमा आफैले अध्ययन गरे । जसमा धेरै समस्या मात्र रहेको पाइयो । समस्या नभएको ठाउँमा विभिन्न वहानामा समस्या पैदा गरेको समेत पाए । धौलागिरी अञ्चल अस्पताल एउटा कोभिड अस्पतालको रुपमा रहेको जहाँ दुई जना विरामीहरु रहेको समयमा प्रत्यक्ष रुपमा अनुभुति गर्दा साच्चीकै स्वास्थ्य, शिक्षा क्षेत्र कुन ढंगले अघि बढेको छ भन्ने स्पष्ट भएको । जहाँ एम्बुलेन्सका ड्राइभरले साँचो छोडेर विरामीलाई लिन नजाने अवस्था रहेको छ । यसलाई अन्त्य गर्नुपर्छ । धौलागिरि अंचल अस्पताल शुरुमा कोभिड अस्पताल थिएन पछि भयो । शुरुका दिनमा श्रोत साधन नहुदा धेरै समस्या भयो । अहिले आईसियु, भेण्टिलेटर भै सकेकोले प्रादेशिक अस्पताल हुनेछ । स्वास्थ्य, सुरक्षा क्षत्रमा खटनु भएकालाई विशेष व्यवस्था र प्रोत्साहन गर्नुपर्छ । अन्य सेवा सुविधा समेत सुचारु भएको अवस्था रहेको छ । प्रभावकारि रुपमा संचालन गर्दै आईरहेकाे छ । उपप्रादेशिक अस्पताल बनाई , NICUU अब सिटिस्क्यान, भवन दक्ष डक्टर, जनशक्तिकाे माग गरि सकिएकाे छ ।’

सुरक्षित र मर्याद जीवन विताउन पाउने मानिसको अधिकारलाई स्थापीत गर्नुपर्ने बताउँदै उहाँले विश्व नै संवेदनशिल घडिमा रहेको विषम् परिस्थितीमा बाग्लुङलगायतका क्षेत्रबाट विदेशी मुलुक गई कोरोनाको संक्रमणको चपेटाबाटमा पर्नुभएकालाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

कोरोनाको कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रका स्थानीय उत्पादन, विउ भण्डारण, उद्योग व्यासायलाई विस्तार गर्ने, पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अर्थव्यवस्थालाई सुधार गर्न तीन वटै सरकार मिली असल मानवताको उदाहरण प्रस्तुत गर्ने समय आएको उल्लेख गर्दै उहाँले मजदुरले काम गर्न नपाएर सडकको पेटीमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रकारको योजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषी तथा रोजगारीको क्षेत्रमा विशेष योजना बनाई अघि बढ्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।

वर्षायाम सुरु हुँदै गएकाले डुबान भइसकेपछि विभिन्न योजना ल्याउने नभई हुनु अघि नै त्यसको विशेष योजना ल्याई डुवानको समस्यालाई समाधानको बाटो खोज्नुपर्नेसमेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021