विदेशमा रहेका नेपालीमा खानपानमा समस्या भए सरकारले बजेट दिन्छ : मन्त्री खतिवडा

काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारीको खोजीमा विभिन्न मुलुक गएका नेपालीको सम्बन्धीत मुलुकबाट नै खानपानसहितको व्यवस्था गर्न सरकारले त्यहाँको सरकारसँग छलफल तथा सहकार्य गरिरहेको बताउँदै खानपानमा समस्या भए अर्थमन्त्रालय समेत बजेट दिन तयार उद्घोष गर्नुभएको छ ।

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै मन्त्री डा. खतिवडाले अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम नगर्ने पुनः दोहोर्याउनुभएको छ ।

सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको जानकारी गराउँदै डा. खतिवडाले कूटनीतिक नियोगबाट पनि उनीहरुको हेरचाह हुने स्पष्ट पार्नुभयो । अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021