नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, ३१ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेका लाग बोलाइएको स्थायी कमिटी बैठक स्वास्थ्य सुरक्षा लगायतका कारण स्थगित गरिएको हो । स्थायी कमिटीका सदस्य डा। भीमबहादुर रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले अनिश्चित कालका लागि बैठक स्थगित गर्नुभएको हो ।

देशका विभिन्न स्थानबाट स्थायी कमिटी सदस्यहरु आउने, उनीहरुको स्वास्थ्य परिक्षण नगरिएको तथा काठमाडौं लगायतका स्थानमा कोरोना संक्रमितको संख्या बढेपछि स्थायी कमिटी स्थगित गरिएको नेकपाले जनाएको छ ।

आजको बैठकमा छिमेकी देश भारतले नेपाली भूमिका लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र हुदै चीनको मानसरोबार जोड्ने सडक बनाएको बिरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रस्ताव परित गर्ने तयारी गरिएको थियो ।

स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट, सरकारले चालेको कोरोना विरुद्धको अभियानको समिक्षा र भारतीय अतिक्रमणकारी नीति विरुद्ध प्रस्ताव पारित गर्ने तयारी गरिएको भएपनि स्वास्थ्य सुरक्षाका कारण स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021