प्रतिनिधिसभामा सांसद सिलवाल V/S थापा : कांग्रेसलाई कविताबाट नै कडा झटारो

काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभाको बैठकमा साहित्यीक तवरले झटारो हान्ने क्रम बढेको छ ।

सोमवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले बाल कुविता सुनाउँदै सरकारको व्यङ्ज्ञात्मक रुपमा प्रस्तुत हुनुभएको थियो ।

सोमबारको बैंठकमा सांसद थापाको वाल कवितालाई आज मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले कविताबाट नै सत्तामा हुँदा कांग्रेसले गरेको विभिन्न घोटला, भ्रष्टाचार, अनियमिततालगायतका कार्यहरु भण्डाफोर गर्नुभएको छ । सांसद सिलवालले आफु प्रहरी सेवामा लामो समय सेवा गरेकाले पनि कांग्रेसले सत्तामा हुँदा गरेका कर्तुतहरुलाई कविताको माध्यमबाट झटारो हानिदिनुभएको छ ।

सांसद नवराज सिलवालको कविता

सांसद नवराज सिलवालले  कांग्रेसले गरेको विभिन्न घोटला, भ्रष्टाचार, अनियमिततालगायतका कार्यहरु भण्डाफोर कविता

“अतिक्रमण” 

हाम्रो देश हिजो पनि अतिक्रमण मै थियो,
सीमाना निरन्तर दुखेकै थियो,
विस्तारवादीहरुको अतिक्रमण, भ्रष्टाचारीहरुको अतिक्रमण, दलाल नेकर साहीहरुको अतिक्रमण,
भोका नांगा साधारण मानिस माथिको अतिक्रमण,
निरन्तर बन्दै थियो अतिक्रमण,
हिजो उनीहरु नै वर्षै वर्ष सत्तामा थिए,
केही ठोस गरेको पनि सुनिएन,
अनायास झसङ्ग निन्द्रबाट व्युझिए झैं आज आवाज ठूलो सुनिएको छ,
हिजो सत्तामा उन्मात मच्चाएकै हुन्,
पुलिस र अदालत छक्काएकै हुन्,
विचैलियाको कमिसन पचाएकै हुन्,
जे होस्, आज हामी सवै फरक परिस्थितीमा उभिएका छौं,
मुलुकको अस्मिता जोगाउनुपर्ने स्थितीमा छौं,
विकासको संगिन मोडमा सरकारमाथि प्रहार गरेर मात्र हैन,
बरु सरकार र प्रतिपक्ष सँगै उभिएर राष्ट्रिय स्वभिमान सम्बद्र्धनका खातिर,
सरकार, संसद र सडकबाट संयुक्त आवाज, संयुक्त पहल तथा संयुक्त राष्ट्रिय मोर्चा आजको आवश्यकता ।

सांसद गगन थापाको कविता

सोमबारको संसद बैठकमा थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै सुनाएको बाल कविता यस्तो छ:

‘म त भाग्यमानी’

छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको !
यस्तो सबल सरकार छ सीमा कसले मिच्नी, कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत, गरीवलाई सम्मान छ, सरकारबाट राहत !
विदेशमा‘कोही पनि अलपत्र छैनन्, दुःख पीडा सुनाउने ती नेपाली नै हैनन् !!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने, कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति, हावादारी हल्ला हुन्, ओम्नी र यती
सरकार यस्तो इमान्दार, यस्तो स्वाभिमानी, आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सबैतिर वाह १ वाहै १ यस्तो विकास देख्दा, पत्रकार नि दंग छन्, यी समाचार लेख्दा !!
कोमल हृदयका प्रधानमन्त्री, आसु कवि हाम्रा, दिन नबिराई सृजना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला, गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ, आँसु आए बरु त्यही गीतले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी, अहो १ हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021