गायक हिमाल सागर अमेरिकामा अलपत्र

काठमाडौँ, ३० वैशाख । गायक हिमाल सागर कोरोनाभाइरस (कोभिड १९ ) को महामारीका कारण विगत ७० दिनदेखि अमेरिकामै अलपत्र परेका छन् ।

उनी भन्छन् ‘ कैदीको जस्तो जीवन भएको छ, न सथीभाइहरुसँग भेटघाट तथा  रमाइलो नै गर्न पाइन्छ, न घुमफिर तथा सपिङ गर्न जान पाइन्छ, सबैतिर बन्दाबन्दी छ, कतिन्जेल यो अवस्था रहने हो थाहा छैन ।’ आफ्नै वरिपरी नेपाली दाजुभाइहरुको निधन  हुँदा र दैनिक हजारौंको संख्यामा मानिसहरुको मृत्युको खबरले गर्दा आफ्नै ज्यान समेत खतरामुक्त नभएको उनी बताउँछन् ।

अमेरिका पुगेपछि मुश्किलले एउटा मात्र कार्यक्रम सम्पन्न भएपनि कोरोनको संक्रमण र मानिसमा त्रास बढ्दै गएकाले दर्शकहरुको खासै उपस्थिति रहेन । भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, सनफ्रान्सिस्को लगायतका विभिन्न स्थानहरुमा उनका आधा दर्जन जति कार्यक्रमहरु तय भएका थिए, जुन कोरोनाका कारण सबै क्यान्सिल भएका छन् ।

 हाल उनी भर्जिनियाको वीन्चेश्टरमा बस्दै आएका छन् । यस्तो विषम परिस्थितिमा अमेरिकाबाट उनले नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहेका छन् । उनले भने-भिजिट भिसामा गएकाहरु पनि कोरोनाका संक्रमणका कारण यतै रोकिन बाध्य भएका छन् त कतिपयको कोरोनाको संक्रमणबाट निधन समेत भएको दुखद घटना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021