राष्ट्रिय युवा संघ नेपालका नेताले गरे तीनवटै सुरक्षा निकाय माथि गम्भीर आशंका

काठमाडौँ, ३० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रमेश आचार्यले नेपालका तीनवटै सुरक्षा निकायमाथि गम्भीर आशंका रहेको बताउनुभएको छ ।

सुरक्षा निकायका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमाथि गम्भीर आशंका रहेको उहाँले औल्याउनुभएको हो । छिमेकी देश भारतले नेपालमा पटक पटक सीमा अतिक्रमण तथा दरगजा क्षेत्रमा बाँध बनाउन शुरु गरेको विषयमा उहाँले आंशका व्यक्त गर्नुभएको हो । केही दिन अधि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक भारत सरकारले एकलैटी तथा नेपाल सरकारको विना मञ्जुरी उद्घाटन गरेको थियो । त्यस्तै रौतहट जिल्लको दशगजा क्षेत्रमा भारत सरकारले बाँध बनाउन सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमणका क्रममा तराईका विभिन्न भू–भागमा भारतले बनाएको बाँधका कारण प्रत्येक वर्ष डुवानमा पर्ने गरेको विषमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर रुपमा वार्ता भएको थियो । सोही क्रममा बाँधका कारण उत्पन्न डुवान समस्याको समाधान प्रत्येक वर्ष हुने दुई देशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री स्तरीय बैठकबाट हल गर्ने समझदारी भएको थियो । तर उक्त समझदारी भएता पनि नेपाल सरकारले पटक पटक प्रयास गर्दा पनि वेवास्ता गरिरहेको र रौतहटको बाँध जसरी पनि बनाउने मानसिकतामा रहेको भन्दै उहाँले सुरक्षा निकायमाथि गंभिर आशंका रहेको बताउनुभएको हो ।

राष्ट्रिय स्वाभिमानमा आँच आउने यस्ता कदमका बारेमा गृह प्रशासन किन मौन छ ? भनि प्रश्न गर्दै कतै गृह प्रशासनको जिम्मेवारीमा बसेका व्यक्तिहरु नेपाली जनताले तिरेको करबाट दानापानी खाएर अरु कसैको सेवा गरि राष्ट्रियताका प्रतीक प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउने भुमिका त खेलिरहेका छैनन् ? गम्भीर प्रश्नचिन्ह खडा भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सुरक्षा निकायका तीनवटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) प्रमुख माथि गम्भीर आशंका !

सन्दर्भ : लिपुलेक सडक पछि केही दिन अगाडि रौतहट जिल्लाको दशगजा क्षेत्रमा भारत सरकारले बाँध बनाउन सुरु गरेको छ ।

सम्माननीय प्रधानमन्त्री श्री के।पि।शर्मा ओली ज्यूले भारत भ्रमण गर्दा तराईका विभिन्न भु-भागमा भारतले बनाएको बाँधका कारण तराईवासीले वर्षात याममा डुबानका कारण भोग्नु परेको पीडा बारे भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यूसँग गम्भीर वार्ता गर्नुभएको थियो । प्रधानमन्त्री स्तरको वार्तामा बाँधका कारण उत्पन्न डुवान समस्याको समाधान प्रत्येक वर्ष हुने दुई देशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री स्तरीय बैठकबाट हल गर्ने समझदारी भएको थियो ।

सोही समझदारी मुताविक तत्काल बसेको दुई देशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री स्तरीय बैठकले दुई देशका प्रतिनिधि सम्मिलित वार्ता टोली गठन गर्ने र उक्त टोलीले निकालेको निष्कर्ष अनुसार डुवान समस्या समाधान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि नेपाल सरकारले पटक-पटक जोड गर्दा पनि हालसम्म भारत सरकारले बेवास्ता गर्दै आईरहेको छ ।

नेपाल सरकारलाई लागेको थियो केही समय ढिलै भएपनि निर्णय कार्यान्वयनमा भारत सरकार इमानदार हुने नै छ । तर नेपाल सरकारको सदासयता र दुई देशका मन्त्री स्तरीय बैठकको निर्णय तथा नेपाल सरकारको सहमति विपरीत केही दिन अगाडि भारत सरकारले रौतहट जिल्लाको दशगजा क्षेत्रमा अर्को बाँध थप गर्न निर्माण कार्य सुरु गरेको छ । उक्त कदमको स्थानीय प्रशासनले विरोध गरेका कारण निर्माण कार्यले सुस्तता पाएतापनि भारतीय पक्ष बाँध निर्माण गरेरै छोड्ने मानसिकतामा रहेको देखिन्छ ।

राष्ट्रिय स्वाभिमानमा आँच आउने यस्ता कदमका बारेमा गृह प्रशासन किन मौन छ ? कतै गृह प्रशासनको जिम्मेवारीमा बसेका व्यक्तिहरु नेपाली जनताले तिरेको करबाट दानापानी खाएर अरु कसैको सेवा गरि राष्ट्रियताका प्रतीक के।पि।शर्मा ओलीलाई असफल बनाउने भूमिका त खेलिरहेका छैनन् ? गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

देश र जनताको सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सूचना संकलन र सम्बन्धित निकायमा सुचना प्रवाह गर्न किन ढिलाइ गरीरहेका छन् रु २०७७ बैशाख (२६ गते सार्वजनिक लिपुलेक सडक र २०७७ बैशाख (२८ गते सार्वजनिक दशगजा बाँध भारतीयले चालेको कदमबाट उँहाहरुको भूमिका माथि गम्भीर आशंका पैदा गरेको छ । देशको सुरक्षा निकायका प्रमुखहरु माथि नै आशंका पैदा हुनु सामान्य अवस्था होइन । कृपया प्रधानमन्त्री ज्यू र गृहमन्त्री ज्यूको समयमै ध्यान जाओस् नत्र भित्री षड्यन्त्रले गम्भीर दुर्घटना निम्त्याउन सक्छ । सबैलाई चेतना भया !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021