नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २९ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विरुद्धको लकडाउन र सीमा नाका वन्द गर्ने सरकारको निर्यण् कार्यान्वयनमा देखिएका समस्या तथा पटक पटक भारतले नेपाली भू–भागमा गरेको अतिक्रमणले गर्दा अबको उत्तम विकल्पको रुपमा सीमा क्षेत्रमा काँडेतार लगाउनु नै भएको उल्लेख गर्नुभएको छ ।

कोरोना संक्रमण भएका अधिकांश मानिसहरु खुल्ला सीमानाकै कारण नेपाल प्रवेश गरी नेपालमा संक्रमितको संख्या बढ्दै गएको जसले नेपालमा कोरोनाको त्रास बढ्दै गएको साथै सीमा अतिक्रमण गरी समस्या उत्पन्न गराएको भन्दै उहाँले अब हुने वार्ताको समयमा यस विषयलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा प्रस्तुत गर्दै उक्त कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो । कोभिड १९को महामारीका विरुद्धको लकडाउन र सिमा नाका वन्दगर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महसुस गराएको छ । पछिल्लो समय नेपालमा कोभिड १९ का संक्रमितहरु वढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीबाट लुकिछिपी आउनु पनि हो । भंसारविन्दुका नाका वाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेको भए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने थियो । तसर्थ सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भार बीचको सिमानामा तारवार गर्नु आवश्यक छ । नेपाल भारतबीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ । सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021