काठमाडौँ, २९ वैशाख । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् ।
भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।
अमेरिकन आइडलमा भोट दिन तीन तरिका छन् । एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।