विश्वभर काेराेना संक्रमितको संख्या ४१ लाख नाग्यो

एजेन्सी, २९ बैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ४१ लाख नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ४१ लाख ७९ हजार ८३९ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ३५.६५ प्रतिशत अर्थात् १४ लाख ९० हजार ५११ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म २ लाख ८३ हजार ८५० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा ८० हजार ७८७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १३ लाख ६७ हजार ६३८ पुगेकाे छ ।संक्रमितमध्ये २ लाख ५६ हजार ३३६ भने पूर्णरूपमा निको भइसकेका छन् ।

स्पेन अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ६४ हजार ६६३ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ६२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ७६ हजार ४३९ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

यता अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार ५६० पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १९ हजार कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ५ हजार पूर्णरूपमा निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३१ हजार ८५५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख १९ हजार नाघेकाे छ । रूसमा अहिलेसम्म २ लाख ९ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ९१५७ पुगेकाे छ । संक्रमितमध्ये ३४ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।

त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७६ हजार ९७० पुगेकाे छ भने मृत्यु हुनेको संख्या २६ हजार ३८० पुगेको छ ।संक्रिमतमध्ये ५६ हजार २१७ पूर्णरूपमा निको भइसकेका छन् ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७१ हजार ८७९ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ५६९ पुगेको छ । अहिले जर्मनीमा १९ हजार ९१० मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ४ सय भने पूर्णरुपमा निको भइसकेका छन् ।

यता ब्राजिलमा अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ६२ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ११ हजार १२४ पुगेकाे छ । संक्रमितमध्ये ६४ हजार ९५७ पूर्णरूपमा निकाे भएका छन् ।

टर्कीमा काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३३ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ७८६ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ९२ हजार ६९१ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

इरानमा अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ६६० पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ७ हजार ६०३ संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ हजार १४३ निकाे भएका छन् ।

चीनमा भने अहिले १४८ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १२० जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८९० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ

काठमाडौँ, ३१ वैशाख । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् । प्रमुख

काठमाडौँ, ३१ वैशाख । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको

काठमाडौँ, ३१ वैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021