भीमफेदी–कुलेखानी सुरुङमार्ग : चार वर्षभित्र सम्पन्न गरिने

काठमाडौँ, २९ वैशाख । लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्न बजेट सुनिश्चित भएको छ । बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण तयार भएसँगै परियोजनाका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ ।

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आइतबारको मन्त्रिस्तरको निर्णयबाट आयोजनाको स्रोत सुनिश्चित गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्णयपछि आइतबार नै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै बहुवर्षीय योजना अन्तर्गत बजेट सुनिश्चित गरेको जनाएको छ ।

सुरुङमार्ग अन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्गलगायतका संरचना निर्माण, सुपरीवेक्षण परामर्श सेवा र आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरणसमेत गरी आयोजना सम्पन्न गर्न १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार पाँच सय रुपियाँ लाग्ने अनुमान गरिएको छ । सुरुङमार्ग आयोजना आगामी चार आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै