एजेन्सी, २८ बैशाख । भारतको दिल्ली एनसीआरमा आज भूकम्पको महसुस गरिएको छ ।
आज करिब दिउँसोको १ बजेर ४५ मिनेटमा भूकम्पको महसुस गरिएको जनाइएको छ । दिल्लीमा पहिला तूफान आएको र पछि भूकम्पको झट्काको महसुस गरेको भारतीय मिडियामा उल्लेख छ । मिडियाका अनुसार ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। कोरोना भाइरसको संक्रमणको यो समयमा भारतलाई भूकम्पले पनि सताएको छ ।
राजधानी दिल्ली, नोएडा, गाजियाबादका धेरै स्थानहरुमा आँधी र तूफान आएको बताइएको छ । धुलै धुलोले भरिएको हावा फैलिरहेकाले केही देख्न नसकिने आजतकले जनाएको छ ।