क. भिम रावल जी, आरोप-प्रत्यारोप हैन, रचनात्मक सहयोग गर्नुस् : मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, २८ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टी भित्र रहेर आरोप प्रत्यारोप गर्नुभन्दा रचनात्मक भूमिका निर्वाह गरी सरकार तथा सदनलाई रचनात्मक सहयोग गर्न डा. भिम रावललाई आग्रह गर्नुभएको छ ।

डा. रावलले विगतमा आफु गृह, रक्षा तथा पर्यटन मन्त्रालयको जिम्मेवार सम्हाल्नुभएको समयमा हासिल गरेका अनुभवका आधारमा रचनात्मक सहयोग गरेको खबर सुन्न पाए खुसी अनुभुती हुने भन्दै मुख्यमन्त्री पोखरेल राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो रहेको औल्याउनुभएको छ ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा डा. रावलले गर्नुभएको आपसी कटाक्ष र विवादलाई लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्ने उल्लेख गर्दै सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनुएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, ‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३१ वैशाख । नेकपा एमालेले आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने गृहकार्य गरेसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश

काठमाडौँ, ३१ वैशाख । सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो

काठमाडौँ, ३१ वैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ

काठमाडौँ, ३१ वैशाख । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् । प्रमुख

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021