युवाको केन्द्र तथा राज्यको भविष्यको तारा हुन् ‘महेश बस्नेत’

वकिल बम

देश भरिका युवाहरुको आसा र भरोसा हुन क. महेश बस्नेत । पार्टीलाई संकट पर्दा सतिसाल झै उभिने योद्धा हुन् महेश बस्नेत । युवाहरुको केन्द्र र यो राज्यको भोलिको भविष्य हुन् महेश बस्नेत । महेश बस्नेतको भविष्य र पपुलारिटी देखेर डाहा गर्ने जनक बर्तौला तिमीले आफ्नो हैसियत र बिगत हेर तिमीले महेश बस्नेत माथि आरोप लगाउनुको तुक छैन । अपहरणकारी मानसिकताबाट हुर्केको हुँदा तिमीलाई त्यो लाग्न सक्छ तर महेश बस्नेत सिङ्गो बामपन्थी आन्दोलनको नेतृत्व लिन सक्ने कर्मठ पुरुष हुन् ।

आजको लागि मात्र हैन, भोलिको युवाहरुको भाग्य र भविष्य राजमार्गको जस्तै निर्धारण गर्ने युवा उर्जाशिल नेतृत्व हुन महेश बस्नेत । विगतमा महेश बस्नेतको भिजन नै अहिलेको नेपालका आम युवाहरुको आन्दोलन भएको साथै उनकै भिजनलाई पच्छ्याउँदै अहिले युवा विद्यार्थीको यात्रा अघि बढिरहेको छ । त्यस्तै जनयुद्धको समयमा वाइसिएलको ज्यादतीपूर्ण दमनको विरुद्धमा आफ्नो ज्यानलाई जोखिममा राखी प्रतिवाद गर्ने साहसिक व्यक्ति हो महेश बस्नेत ।

कसैको नाङ्गो आक्रमणको विरुद्धमा खम्बाको रुपमा स्थापीत हुने हाम्रो नेता महेश वस्नेत विरुद्धको नेकपाका केस तथा सांसद बस्नेतलाई सांसद अपहरण जस्तो अपराधिक मुद्धामा बिना कारण जोडेर बदनाम गर्न खोजिएको षड्यन्त्र मात्र हो । यसको आयु छोटो हुन्छ । जुन केही समयमा घाम जस्तै छर्लङ्ग हुनेछ ।

हिजो जनतालाई दुस्खदिएर खान पल्केका तिमी जस्तोले महेश बस्नेत माथि आरोप लगाउनु निकै आश्चर्य जनक छ । समस्या छ भने आउ म जस्ता हजारौं युवा छौं तिमीसँग बसेर समस्या हल गरौंला । निराधार आरोप लगाउन बन्द गर महेश बस्नेत यो देशका उज्ज्वल नक्षत्र हुन लाखौं युवाका ढुकढुकी हुन । यो कुरालाई बुजेर अगाडि बढ तिम्रो कल्याण छ अन्यथा निर्दोश मान्छे माथि लागायको आरोपको सिकार तिमी आफै हुन पर्ला । चेतना होस बर्तौला जि लाई ।

 

केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल

तथा

जिल्ला कमिटी सदस्य, नेकपा कालिकोट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दा, १२ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू हारे पनि देशलाई हार्न नदिने

सुर्खेत, १२ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । आज कालिकोट जाने

काठमाडौँ, १२ माघ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति