मलेसियामा लकडाउन लम्बियो

एजेन्सी, २८ वैशाख । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि चार हप्ता थप गर्दै जुन ९ सम्म पुर्‍याएको छ ।

यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९ सम्म पुर्‍याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरको हो । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ ।

मलेसियाले जनवरी १ देखि भिसा सकिएका नेपाली सहित विदेशी नागरिकलाई लकडाउन सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ । यसरी स्वदेश फर्कंदा कुनै जरिवाना तिर्न पर्दैन र मलेसियाली अध्यागमनमा कुनै कागजात पनि देखाउन पर्दैन । टिकट भएपछि सिधै स्वदेश फर्कन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021