कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघ्यो : ४१ लाख बढी संक्रमित

काठमाडौँ, २८ वैशाख । विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८० हजार ५९९ पुगेको छ ।

विश्वभर अहिलेसम्म ४१ लाख ५९९ कोरोना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १४ लाख ३९ हजार ८४२ भने उपचारपछि घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा पाँच गुणा बढी हो ।

पछिल्लो २४ घण्टमा मात्रै विश्वभर कोरोनाबाट ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९८७ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७६ हजार १८१ थियो भने संक्रमितको संख्या ४० लाख ११ हजार ५८७ थियो ।

कोरोना संक्रमणबाट सबैभन्दा अमेरिकामा ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १३ लाख ४७ हजार नाघेको छ । संक्रमितमध्ये २ लाख ३८ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख २९ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ हजार ५८७ पुगेको छ । संक्रमितको संख्या भने २ लाख १५ हजार पुगेको छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ८३ हजार ३२९ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८३ पुगेको छ । स्पेनमा कोरोनाका कारण २६ हजार ४७८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ७३ हजार १५७ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६३ हजार १४८ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १७ सयको अवस्था भने गम्भीर रहेको छ ।

अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० हजार ३९५८ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख १८ हजार २६८ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ८४ हजार बढीमा कोरोना सक्रिय रहेको छ भने एक हजार बढीको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा