भारतमा कोरोना संक्रमणबाट २१ सयको मृत्यु : संक्रमित संख्या ६२ हजार नाघ्यो

काठमाडौँ, २८ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भारतमा एकै दिन ११६ जनाको ज्यान गएको छ । पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्यामा उतारचढाव देखिँदै आएको भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् ।

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार १०१ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या ६२ हजार ८०८ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा ९शनिबार० भारतमा ३ हजार ११३ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार पनि त्यहाँ ३ हजार ३४४ नयाँ बिरामी भेटिएका थिए भने बिहीबार त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए । बुधबार पनि यो संख्या ३ हजार ५८७ थियो ।

यसैबीच भारतमा १९ हजार ३०१ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४१ हजार ४ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौँ, १४ माघ । काठमाडौँको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिमकोट, १४ माघ । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका

काठमाडौँ, १४ माघ । काठमाडौँको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा