भारतमा कोरोना संक्रमित संख्या ६० हजार नजिक

काठमाडौँ, २७ बैशाख । भारतमा करोना संक्रमितको संख्या झण्डै ६० हजार पुगेकाे छ ।

वर्ल्डो मिटर्सको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमितको संख्या पनि ५९ हजार ६९५ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ सय ८५ पुगेकाे छ ।

शुक्रबार मात्र ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित फेला परेका छन् । यसैबीच भारतमा १७ हजार ८८६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३९ हजार ८ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।