विश्वभर काेभिड- १९ बाट संक्रमित संख्या ४० लाख नाघ्याे

एजेन्सी, २७ बैशाख । विश्वभर कोभिड-१९ (काेराेना भाइरस) बाट संक्रमित हुनेकाे संख्या ४० लाख नाघेकाे छ ।

वर्ल्डोमिटर्सकाे तथ्यांक अनुसार अहिलेसम्म विश्वरभर कुल संक्रमित संख्या ४० लाख ११ हजार ५८७ पुगेकाे छ । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या पनि २ लाख ७६ हजार १८१ पुगेकाे वर्ल्डोमिटर्सकाे तथ्यांकले देखाएकाे छ । शुक्रबार मात्रै विश्वभर काेराेनाबाट ५ हजार ५४६ जनाले ज्यान गुमाएका छन् भने ९७ हजार १२८ नयाँ संक्रमित थपिएका छन् । विश्वभर अहिले काेराेना सङ्क्रमितमध्ये १३ लाख ८२ हजारभन्दा बढी मानिस भने उपचारपछि पूर्ण रूपमा निकाे भएकाे तथ्यांकले देखाएकाे छ ।

अमेरिकामा अहिलेसम्म ७८ हजार ६११ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १३ लाख २१ हजार नाघेकाे छ । त्यहाँ कुल संक्रमितमध्ये २ लाख २३ हजारभन्दा बढी मानिस पूर्णरूपमा निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३१ हजार २४१ पुगेकाे छ । त्यहाँ संक्रमितकाे संख्या भने २ लाख ११ हजार नाघेकाे छ । त्यहाँ कति निकाे भए भन्ने खुलाइएकाे छैन । यता इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार २०१ पुगेकाे छ । त्यहाँ २ लाख १७ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन् । जसमध्ये ९९ हजारभन्दा बढी मानिस पूर्णरूपमा निको भइसकेका छन् ।

स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ६० हजार नाघेकाे छ । त्यहाँ कोरोनाका कारण २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ६८ हजारभन्दा बढी मानिस पूर्णरूपमा निकाे भइसकेका छन् । रूसमा भने केही दिनयता त्यहाँ लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेका छन् । अहिलेसम्म रूसमा १ लाख ८७ हजारभन्दा बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ७२३ पुगेकाे छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७६ हजारभन्दा बढी पुगेकाे छ । त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार २३० पुगेको छ । संक्रिमतमध्ये ५५ हजार ७८२ जना बढी पूर्णरूपमा निको भइसकेका छन् । उता जर्मनीमा पनि कोरोना संक्रमितकाे संख्या १ लाख ७० हजार नाघेकाे छ । त्यहाँ मृत्यु हुनेको संख्या भने ७ हजार ५१० रहेको छ । त्यहाँ संक्रमितमध्ये १ लाख ४१ हजारभन्दा बढी मानिस पूर्णरुपमा निको भइसकेका छन् ।

यता ब्राजिलमा पनि काेराेनाकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ४५ हजार नाघेकाे छ । ९ हजार ९९२ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमितमध्ये ५९ हजारभन्दा बढी मानिस पूर्णरूपमा निकाे भएका छन् ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३५ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ६८९ जनाकाे मृत्यु भएकाे छ । यसैगरी इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ ।  अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ५४१ पुगेकाे छ भने १ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

चीनमा भने अहिले २६० जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९९३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म काेराेनाका कारण ४ हजार ६३३ काे ज्यान गएकाे छ । नेपालमा भने अहिलेसम्म् संक्रमित हुनेकाे संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री

गुल्मी, ११ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको समेत बताउनुभयो । नेपाल

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको