ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना बीमितलाई कोभिड–१९ को बीमा गरिदिने

काठमाडौँ, २६ वैशाख । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलीदेखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि बीमा समितिले नेपाली नागरिकहरुका लागि निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९ को विरुद्ध रु.५० हजार बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको छ ।

विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो । सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार नपर्ने जनाइएको छ ।

यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको पिसिआर पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाई एकमुष्ट रु. ५० हजार उपलब्ध गराउने छ ।

यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाई विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० माघ । दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ६

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय

नवलपरासी, १० माघ । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए

काठमाडौँ, १० माघ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको