आइतबारदेखि बैंकका सबै शाखा खुला

काठमाडौँ, २६ वैशाख । आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच  उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खुल्ला हुने भएको छ ।

सरकारी निर्णय अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने साथै एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् । माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज