चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौँ, २६ बैशाख । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार  सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए ।

सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको र त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १२ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । आज कालिकोट जाने

दाङ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राप्ती नदीको पुल उद्घाटन गरेका छन । दाङको राप्ती गाउँपालिका–७ सिसनिया

काठमाडौँ, १२ माघ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति