भारतीय विस्तारवाद-मुर्दावाद : संयोजक महर

काठमाडौँ, २६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले छिमेकी मुलुक भारतीय विस्तारवादको विरुद्धमा चुप लागेर वस्न नसक्ने बताउनुभएको छ ।

पटक पटक नेपालको सीमा मिच्ने तथा सीमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा निरन्तर लागिरहेकाले त्यसको विरुद्धमा कडा रुपमा आक्रोस व्यक्त गर्नुभएको छ । नेपालको एक इच्च भूमि पनि नदिने तथा उसको पनि एक इन्च भूमि नेपालले नलिने उद्घोष गरी निरन्तर रुपमा नेपाली भूमिको रक्षाका निम्ती आवाज बुलन्द गर्नुहुने संयोजक महरले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको भएको पुनः दोहोर्याउनु भएको छ । नेपालको कुनै पनि आन्तरिक इष्यु र जमिनमाथि धावा बोल्ने भारतीय विस्तारवाद विरुद्धमा कुनै पनि कदम चालन बाध्य हुने संयोजक महरले चेतावनी दिनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘लिपुलेक हाम्रो हो ! कालापानी हाम्रो हो !! लिम्पियाधुरा हाम्रो हो !!! भारतिय बिस्तारवाद- मुर्दावाद !!!!’

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ। कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध