४ सय ४० जना संसदको कोरोना परीक्षणको आयो यस्तो रिपोर्ट

काठमाडौँ, २६ बैशाख । संघीय संसदमा हिजो लिइएको ४ सय ४० जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि सचिवालयले ४४१ जनाको संकलन गरिएको बताएको थियो । तर एक जना फारम भरेपनि स्वाब संकलनमा सहभागि भएका थिएनन् । जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ४५ जना राष्ट्रिय सभाका सांसद थिए । त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो ।

प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार  संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट दिएको र सबैको  नेगेटिभ रिपोर्ट आएको छ । हिजो पिसिआर परीक्षणका लागि २ सय १२ सांसद सहित अन्यको स्वाव संकलन गरिएको थियो ।

आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ । आज २ सय ५१ जनाको स्वाब लिइँदै गरेको सभामुखका प्रेस संयोजनक श्रीधर पौडेलले बताएका छन् । जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमक, ५ माघ । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम

काठमाडौँ, ५ माघ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुलाई उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको सेवाबाट लाभ

झापा,५ माघ । झापाबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक

काठमाडौँ, ५ माघ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ