एजेन्सी, २६ बैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार नाघेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार ६८३ पुगेकाे छ ।
विश्वभर अहिलेसम्म ३९ लाख १५ हजार ६३५ काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १३ लाख ४१ हजार भने उपचारपछि घर फर्किएका छन् । अमेरिकामा अहिलेसम्म ७६ हजार ९२८ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ९२ हजार नाघेकाे छ । संक्रमितमध्ये २ लाख १७ हजार२५० पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ९८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ ।
अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ९५८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १५ हजार ८५८ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ हजार २७६ पूर्णरूपमा निको भइसकेका छन् । त्यस्तै स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५६ हजार ८५५ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ७० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ६३ हजार ९१९ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
यता बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३० हजार ६१५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ६ हजार पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । रूसमा केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ७७ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ६२५ पुगेकाे छ । संक्रमितमध्ये २३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।
त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७४ हजार ७९१ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २५ हजार ९८७ पुगेको छ । संक्रिमतमध्ये ५५ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९३ हजार बढीमा काेरोना संक्रिय रहेको छ । जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६९ हजार नाघेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ३९२ पुगेको छ ।
अहिले जर्मनीमा २२ हजार १३८ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ३९ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ३५ हजार ६९३ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ९ हजार १८८ पुगेकाे छ । संक्रमितमध्ये ५५ हजार ३५० पूर्णरूपमा निकाे भएका छन् ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३३ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ६४१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ८२ हजार ९८४ भने पूर्णरूपमा निकाे भइसकेका छन् । त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ४८६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ७४४ निकाे भएका छन् ।
चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।