खुलेन राजा वीरेन्द्र शाहको भवन श्रीसदन

काठमाडौँ, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।

विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो । सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो ।

बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यहीँ त्रिभुवन सदनमा नरसंहार भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको

काठमाडौँ, ९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै गमबहादुर लामिछानेको कालो

काठमाडौँ, ९ माघ । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका