भारतमा कोरोना संक्रमित संख्या ५६ हजार नाघ्यो

काठमाडौँ, २६ वैशाख । भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

बिहीबार एक दिनमा मात्र त्यहाँ १०४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यससँगै त्यहा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ८८९ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा (बिहीबार) भारतमा ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका छन् । बुधबार यो संख्या ३ हजार ५८७ थियो । यसैबीच १६ हजार ७७६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुनः १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक

काठमाडौँ, ५ माघ । थप ३ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ६

काठमाडौँ, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले सम्मानीत

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आईतबार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएकोले आज पुनः सुनुवाइ हुने भएको