चाँगुनारायण नगरपालिकाले शुरु गर्यो ‘खाद्यान्नको लागि रोजगारी कार्यक्रम’

भक्तपुर, २५ वैशाख । सोम शर्मा (बजगाईं) । भक्तपुरको चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गरेको छ । नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई नगरपालिकाले रोजगारी दिन थालेको हो ।

लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्र्तगत साताको दुई दिन रोजगारी दिएको हो । खाद्य रोजगार कार्यक्रम अन्र्तगत २५ सय विपन्न, श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले सडक सफार्ई, सडक मर्मत गर्ने, जडिबुटी लगाउने, बुट्यान सफा गर्ने, खानेपानीको पाइप बिछ्याउने कार्य गरिरहेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले वडामा रहेका मजदुरलाई वडा कार्यालयको विपद् व्यवस्थापन समितिको नेतृत्वमा विभिन्न कार्य विभाजन गरि विभिन्न समूहमा काम गराइरहेको नगरपालिकाका २ नम्बर वडा अध्यक्ष शिवहरी केसीले बताउनुभयो । नगरपालिकाको सबै वडामा लकडाउन रहेसम्म साताको दुई दिन काम दिने गरि रोजगारी प्रदान गरिरहेको छ । यसका लागि नगरपालिकाले कार्यविधि तयार गरि कार्यपालिकाबाट स्विकृत गराएको छ ।

यो कार्यक्रम अन्तरगत मजदुरले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ८ घण्टा काम गर्नुपर्दछ । नगरपालिकाको दिनको ८ सय १० रुपैयाँका दरले दुई दिन काम पुरा गरेपछि कार्यस्थलबाटै सोह्र सय २० रुपैयाँ प्रदान गर्ने गरेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको