कतारले मनोपरामर्शका लागि हेल्पलाइन सुरु गर्यो

काठमाडौँ, २५ वैशाख । कतारले मनोपरामर्शका लागि नयाँ हेल्पलाइनको व्यवस्था गरेको छ ।

कोरोना भाइरसका कारण विभिन्न मानसिक समस्या उत्पन्न हुने भएकाले परामर्शका लागि कतारले १६००० नम्बरको नयाँ हेल्पलाइन स्थापना गरेको छ । कतारको हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ हटलाइन व्यवस्था गरेको हो ।

बिहान ७ बजेदेखि राती १० बजेसम्म १६००० सम्पर्क गरी परामर्श लिन सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । साथै महामारीको समयमा मानसिक समस्या कम गर्नको लागि समाचार कम हेर्न, आफ्नो स्वास्थ्यको हेरविचार गर्न, लामो सास लिन, तन्कन या ध्यान गर्न मनोविदको सुझाव छ ।

यस्तै स्वस्थ र सन्तुलित खाना खान कोशिस गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, जाँडरक्सी नखाने, फुर्सदिला क्षणहरुमा आफ्नो रुचिका विषयसम्बन्धी अध्ययन, अभ्यास गर्ने गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ माघ । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किच्दा १३ जनको मृत्यु भएको छ । प्रहरीका अनुसार ती

एजेन्सी, ६ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ३८ लाख ५ हजार ६१२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको

एजेन्सी, ५ माघ । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड

एजेन्सी, ४ माघ । राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा