एजेन्सी, २५ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९३ हजार नाघेको छ । कुल संक्रमितमध्ये २ लाख १२ हजार ९८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ७५ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५ हजार ८ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।
न्यूयोर्कमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५२ रहेको छ । न्यूयाेर्कमा बुधबार ३ हजार ३५१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३३ हजार ४९१ पुगेकाे छ । हालसम्म त्यहाँ २५ हजार ९५६ जनाले ज्यान गुमाइसकेका छन् ।
यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५७३ पुगेको छ । त्यहाँ एकैदिनमा बुधबार मात्र २८० को मृत्यु भएकाे छ भने १ हजार ३५४ नयाँ संक्रमित थपिएका छन् ।