एजेन्सी, २५ बैशाख । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । यसैबीच १५ हजार ३ सय ३१ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ५ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ९२ जनाको मृत्यु भएको छ । भारतमा बुधबार बिहनसम्म मृत्यु हुनेको संख्या १ हजार ६९३ थियो भने संक्रमित संख्या ४९हजार ४०० थियो । मंगलबार एकैदिनमा मात्र १२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ ९जेठ ४० सम्म पुराएको छ ।