विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे

एजेन्सी, २५ बैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् ।

सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ३६१ सय भने उपचारपछि घर फर्किएका छन् । अमेरिकामा अहिलेसम्म ७४ हजार ७९९ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ६३ हजार पुगेकाे छ ।

संक्रमितमध्ये २ लाख १२ हजार ९८१ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ७५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १६ हजारकाे अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ६८४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १४ हजार ४५७ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ९३ हजार २४५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ९१ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १३ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

यता स्पेनमा अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५३ हजार ६८२ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २५ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ५९ हजार ३५९ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६८ हजार ४६६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।

त्यस्तै अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३० हजार ७६ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख १ हजार पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ७० हजार ६८१ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ । संक्रिमतमध्ये ५३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार १४७ काे अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६८ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार २७५ पुगेको छ । अहिले जर्मनीमा २३ हजार १९१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३१ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ५८४ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ७८ हजार २०२ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

रूसमा अहिलेसम्म एक लाख ६५ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ५३७ पुगेकाे छ । संक्रमितमध्ये २१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ४३ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये ११ सयकाे अवस्था गम्भीर रहेकाे छ । 1

ब्राजिलमा अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख २६ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ८ हजार ५८८ पुगेकाे छ । संक्रमितमध्ये ५१ हजार २२१ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ४१८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८१ बढी निकाे भएका छन् ।

चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा