रेवान पोखराले बुझायो मुख्यमन्त्रीलाई विभिन्न मागसहितको ज्ञापनपत्र

पोखरा, २४ वैशाख । पोखराको रेष्टुरेन्ट एण्ड वार एशोसिएसन (रेवान)ले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण आर्थिक रुपमा ठूलो चुनौति खडा भएको उल्लेख गर्दै रेष्टुरेन्ट एण्ड बारमा समेत ठूलो प्रभाव परेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ ।

आज एशोसिएसनका अध्यक्ष भिमसेन भुजेल, उपाध्यक्ष गोपी भट्टराई, महासचिव लक्षमण बराल, अग्रज पर्यटन व्यवसायी सल्लाहाकार नरेश भट्टराई र सल्लाहाकार विश्वराज पौडेललगायतको टोलिले मुख्यमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । कोरोनाका कारण विश्वको नै आर्थिक अवस्था तहसनहस भइरहेको र त्यसको सवैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको उल्लेख गर्दै रेष्टुरेन्ट तथा वारका व्यवसायी संकटमा परेकाले प्रदेश सरकारले विशेष सहयोग गर्न आग्रह गरिएको छ ।

एशोसिएसनले ज्ञापनपत्र बुझाउँदै ४६ दिन अघि देखी निरन्तर रुपमा भइरहेको लकडाउनका कारण पर्यटकको आवागमन लगभग शुन्य नै भएका कारण रेष्टुरेन्ट एण्ड वारमा आर्थिक संकट पैदा भएकाले रेष्टुरेन्ट एण्ड वारलाई जीवित राख्न सरकारको सहयोग अपरिहार्यता रहेको औल्याएको छ । होटल एण्ड रेष्टुरेन्ट सञ्चालनको प्रमुख माध्यम नै पर्यटक भएकाले लकडाउनका कारण पर्यटकको आवागमन नभएका कारण ठूलो मात्रामा ऋण लिई सञ्चालनकहरु चुर्लुम्म डुब्ने अवस्था सिर्जना भएको बताइएको छ ।

हजारौ जनालाई रोजगारी प्रदान गरिरहेको होटल एण्ड रेस्टुरेन्टले ४६औं दिनदेखी निरन्तर रुपमा भइरहेको लकडाउनका कारण काम गर्ने मजदुरलाई तलव समेत दिन सक्ने अवस्था नरहेकाले त्यसलाई विशेष ध्यान दिन माग गरेका छन् । त्यस्तै कामदारलाई सामाजिक सुरक्षा अथवा के बाट व्यवस्था गर्न सकिन्छ, सो बाट व्यवस्था गरिदिन सरकारले ध्यान दिन आग्रह गरेका छन् ।

त्यस्तै व्यवसाय नै शुन्यतामा गएकाले ऋणबाट सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टले घर भाडा तिर्न समेत सक्ने अवस्था नभएकाले घरधनिसँग सरकारले सहजीकरण गरिदिन आग्रह गरेका छन् । अधिकाशं होटल तथा रेष्टुरेन्टहरु बैंकको ऋणबाट सञ्चालनमा रहेकाले बैंकको किस्ता तिर्न सक्ने अवस्था नरहेकाले मासिक व्याज तथा सावाँलाई पुनःतालिकिकरण गर्दै १० वर्षसम्मको भए ११/१२ वर्षपछि उक्त समयको सावाँ व्याज तिर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० का कारण व्यवसायीले ठूलो मात्रामा ऋणको व्यवस्था गरी व्यवसाय सञ्चालनमा ल्याएको तर विशेष परिस्थितीका कारण सरकारले उक्त भ्रमण वर्ष स्थागित गरेसँगै व्यवसाय धरापमा परेकोमा दुःख व्यक्त गर्नुभयो । आफुले समेत व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न विशेष आग्रह गरेको उल्लेख गर्दै सांसद पहारीले कोरोनाका कारण पर्यटन क्षेत्र तहसनहस भएको बताउनुभयो ।

तहसनहस भएको व्यवसायलाई जीवित राख्नु अहिलेको मुख्य चुनौति रहेको उल्लेख गर्दै सांसद पहारीले सरकारले व्यवसायीलाई सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । होटल एण्ड रेष्टुरेन्टको प्रमुख आयस्रोत नै पर्यटक भएकाले कोरोनाका कारण पर्यटक आवागमन शुन्यतामा झरेकाले सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीलाई राहत प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले व्यवसायीको समस्या आफ्नै समस्या जस्तै भएको उल्लेख गर्दै सरकारले सक्ने सहयोग गर्न कुनै कन्जुस्याई नहुने प्रतिवद्धता जनाउनुभयो । उहाँले व्यवसायीको समस्या समाधान गर्न विशेष रुपमा पहल गर्ने समेत बताउनुभयो । त्यस्तै मुख्यमन्त्री गुरुङले वर्तमान अवस्थामा कोरोनाको रोकथाम तथा नियन्त्रणल नै पहिलो चुनौति भएकाले सरकारले घोषणा गरेको लकडाउनलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा