‘डा. सुरेन्द्र यादवलाई तत्काल कारवाही गर्नुपर्छ’

काठमाडौँ, २४ वैशाख । जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ (किसान) तथा पूर्व आइजीपी सर्वेन्द्र खनाललाई अरहरण जस्तो गम्भीर आरोप लगाएकोमा तत्काल कारवाही गर्नुपर्ने आवाज व्यापक मात्रामा उठ्न थालेको छ ।

सांसद द्वय बस्नेत तथा पूर्वआइजीपी खनाललाई आफ्नो घरमा विशिष्ट सम्मानका साथ खानपान गराई हर्षोउल्लासका साथ विशुद्ध राजनीतिक छलफलको क्रममा आफन्त तथा आफ्नो पिएसओसहित काठमाडौँ आउनुभएको र त्यसपछि आफ्नो स्वार्थ पुरा नहुने भएपछि अपहरण जस्तो गम्भीर आरोप लगाउने डा. यादवलाई कारवाही गर्नुपर्ने चौतर्फि आवाज उठिरहेको छ ।

तत्कालिन समाजवादी पार्टी फुटाई नेकपामा प्रवेश गर्ने अनि मन्त्री बन्ने लक्ष्यका साथ काठमाडौँ आउनुभएका डा. यादवले अपहरणकारी जस्तो गम्भीर आरोप लागेका नेकपाका दुई सांसद र पूर्वआइजीपीले उल्टै सांसद सुरेन्द्र यादव र उनका पार्टीका नेताविरुद्ध उजुरी गरेपछि घटना रहस्यमय बन्दै गएको छ । नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसानका साथै पूर्वआइजीपी सर्वेन्द्र खनालले भने अदालत र मानवअधिकार आयोग पुगेर उजुरी दिँदै आरोपको प्रतिकार गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई नेकपाले अपहरण गरेको भन्दै नेता डा. बाबुराम भट्टराईले सबैभन्दा पहिला सञ्चार माध्यममा सूचना दिनुभएको थियो । तर डा. यादवले पहिलो दिन विभिन्न सञ्चार माध्यममा आफु अपहरण नपरेको भनि अन्तरवार्ता दिनुभएको थियो । मेरियट होटलबाट अपहरण सैलिमा बाबुरामको घरमा पुगेपछि डा. यादवले डा. भट्टराई तथा आङ्काजीको बन्धकमा परि आफु अपहरण परेको भनि पुनः आफ्नो वोली फेर्नुभएको प्रष्ट भएको छ ।

त्यसको भोलिपल्ट सांसद यादव लगायतका सांसदहरुले पार्टी फुटाउने भयो भन्दै नक्सालस्थित होटल मेरियट पुगेर जनता समाजवादीका नेता आङकाजी शेर्पाले गालीगलौज गरेको भिडियो नै भाइरल भएको थियो । ‘तिमीहरुलाई हामीले सांसद बनायौं, कति करोडमा बिक्यौ’ भन्दै नेता शेर्पाले होटल परिसरमा सांसद यादवलाई नै गालीगलौज गरेका थिए ।

डा. यादवले विभिन्न मिडियामा दिनुभएको अन्तरवार्तामा नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ सहित पूर्वआइजीपी सर्वेन्द्र खनाल आफ्नो घरमा पुगेको, खाना खाएर सँगसँगै काठमाडौँ आएको बताउनुभएको थियो । तर, केही दिनपछि डा णदवले बोली फेर्दै नेकपाका सांसदहरु र पूर्वआइजीपीले आफूलाई अपहरण गरेको बताउँदै सञ्चार माध्यममा अन्तर्वार्ता दिनुभयो ।

जसपाका नेताहरुसहित डा। यादवले उजुरीका लागि प्रयास गरे । पहिलो चरणमा प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन मानेन । त्यसपछि राष्ट्रिय मानवअधिकार आयोग पुगेर उजुरी गरे । सांसद यादवले उजुरी दिएको भोलिपल्ट नै नेकपाका सांसद र पूर्वआइजीपी पनि आयोग पुगेर प्रतिवाद गर्दै आफूहरुले अपहरण नगरेको सम्पूर्ण विवरण उल्लेख गर्दै उजुरी दिनुभयो ।

अपहरण गरेको भन्दै सांसद यादवले सरकारी वकिलको कार्यालयमा दुई दिनअघि उजुरी दिनुभयो । सोही दिन नै नेकपाका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सञ्जिव कुमार झा र अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीले पनि सरकारी वकिलको कार्यालयमा जसपाका नेता भट्टराई लगायतका नेताहरुविरुद्ध साइबर अपराधमा उजुरी दिनुभयो ।

सांसद यादवले पूर्वसमाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया विरुद्ध भने अपहरणको मुद्दा दर्ता गरेनन् । विशेषगरी सांसद यादवलाई महोत्तरी लिन जाऔं भन्ने मुख्य व्यक्ति अरगरिया रहेको विभिन्न सञ्चार माध्यमले लेखेका छन् ।

‘जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई लिन काठमाडौँबाट महेश बस्नेत, किसान श्रेष्ठ, सर्वेन्द्र खनाल र नविन बस्नेतसँगै गएका र छलफल गरेर सँगै काठमाडौँ फर्केका सुरेन्द्र यादवकै पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया किन अपहरणकारी भएनन् रु’ अमेरिका निवासी विश्लेषक राधाकृष्ण देउजाले प्रश्न गर्नुभएको छ ।

आफ्नै पार्टीका सचेतक गएर छलफल गरेर सँगै काठमाडौँ आएको घटनालाई अपहरण भन्दै प्रचारवाजी गरिनुले उनीहरुको राजनीतिक इमान्दारितामा प्रश्नचिन्ह खडा भएको देउजाले बताउनुभयो । देउजा भन्नुहुन्छ, ‘यो अपहरणभन्दा पनि आफ्ना सचेतकले आफ्ना सांसदलाई छलफल गरेर सँगै काठमाडौँ आएको घटना हो । राजनीतिक सहकार्यको सम्भावनालाई मूर्तरुप दिन गरिएको यात्रा मात्र हो । नेकपाको सांसदहरु सहित समाजवादी पार्टीको सचेतक पनि आफ्ना साँसदसँग छलफल गर्नसँगै काठमाडौँबाट जानु भएको तथ्य वाहिर नआएकोले कतिपयलाई नियोजित भ्रमले गर्दा आशंकित र चिन्तित पारेकोमा अव जो साँसद अपहरित भएका भनिएको थियो उनी महोत्तरीबाट काठमाडौँ उनकै दलका सचेतक सहित आएको तथ्य खुलेपछि त्यो भ्रमले पनि नटुटी सुखै रहेन । अफवाहहरुलाई सत्यले विस्थापित गर्नेछ भनेको के रहेछ भनेको बल्ल बुझियो ।’

पछिल्लो समयमा आएर आफू अपहरणमा परेको भन्दै जसपाका सांसद यादवले उजुरी दिएका छन् । तर, नेकपाका सांसदले भने सांसद यादवलाई जसपाकै नेताले अपहरण गरेर कसैलाई पनि भेट्न नदिएको उजुरी मानवअधिकार आयोगमा दिएका छन् ।

यस्तो स्थितिमा अपहरणको पुष्टि नभए कसलाई कारवाही होला रु अपहरणको आरोप पुष्टि नभए नभए ‘सजायको भागिदार’ हुने कानुनी व्यवस्था छ ।  अपहरण नठहरिए अपहरणको आरोप लगाउँदै उजुरी गर्ने सांसद यादवलाई कारवाही हुनसक्ने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरु बताउँछन् । अधिवक्ता लीलानाथ घिमिरेले जाहेरी झुटा लागेमा प्रहरीले नै तामेलीमा राख्नसक्ने कानुनी प्रावधान समेत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९