बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौँ, २४ वैशाख । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ ।

गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।

बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला