सरकारले गर्यो चार वटा महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौँ, २४ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले आज चार वटा महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले चार वटा निर्णयहरु गरेको हो ।

१. २६ गतेदेखी देशभरका उद्योग कलकारखाना खोल्न दिने । बैठकले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यसका लागि सम्वन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ । मापदण्ड पु¥याएर कलकारखाना संचालन गर्ने दिने निर्णय मन्त्रीपरिषद्ले लिएको छ ।

२. छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

३. सरकारले भोली वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।

४. लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९