कोरोना संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु

काठमाडौँ, २४ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण यूएईमा एक नेपालीको मृत्यु भएको छ । नेपालको स्थायी घर अर्घाखाँची भएका ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो ।

१५ वर्षदेखि दुबईमा कार्यरत उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको भनेर अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारसामु जनाकारी पठाएको छ ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै वैशाख ५ गते उनी अस्पताल भर्ना भएको बताइएको छ । सुरुमा निमोनिया भनिएतापनि उनको अवस्था गम्भीर भएपछि स्थानीय अस्पतालले दुबइको रशिद अस्पताल पठाएको मृतकका साथीहरुले बताएका छन् । त्यसपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएका उनको आइतबार ज्यान गएको नेपाली दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध