एभरेष्ट बैंकको मोबाइल एपमा सुविधा थप

काठमाडौँ, २४ वैशाख । एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ ।

बैंकको मोबाइल बैंकिङ एपमार्फत् स्वयं मोबाइल बैंकिङ एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लग(इन गर्न सक्नेछन् । यसबाट ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुली, पानीको महसुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्न सकिन्छ ।

यसैगरी एक लाखभन्दा बढी मर्चेन्टमा क्यूआर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । एपमा प्रयोगकर्ताको सहजता र सुरक्षाका लागि, फिङ्गर प्रिन्ट वा फेस रेकग्निसनबाट कारोबार गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक