नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ, २४ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेललाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य