भारतमा कोरोना संक्रमणबाट एकैदिन १२३ को मृत्यु

एजेन्सी, २४ बैशाख । कोरोना भाइरसको संक्रमणबाट भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

मंगलबार भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । यसैबीच १४ हजार १४२ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन लम्ब्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । थप ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी ओलीले आफू नै पार्टीको प्रमुख पदाधिकारी भएको पत्र बुधबार निर्वाचन आयोगलाई पठाएका छन् ।

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा

काठमाडौँ, १ माघ । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने