विश्वभर काेराेनाबाट निकाे हुनेको संख्या १२ लाख ४१ हजार नाग्यो

एजेन्सी, २४ बैशाख । विश्वभर कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ लाख ४१ हजार ६८७ सय पुगेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २७२ पुगेको छ । संक्रमण हुनेको संख्या भने ३७ लाख २५ हजार ७७५ पुगेको छ ।

निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.८० गुणा बढी हाे । अहिलेसम्ममा काेराेना संक्रमितमध्ये ३३.२९ प्रतिशत निकाे भएका छन् भने ६.९२ प्रतिशतकाे मात्र मृत्यु भएकाे छ । विश्वभर अहिले २२ लाख २६ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

अमेरिकामा ७२ हजार २२७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ३७ हजार ६३३ पुगेकाे छ । संक्रमितमध्ये २ लाख पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ६४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार १७९ काे अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ३१५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १३ हजार कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८५ हजार २३१ पूर्णरूपमा निको भइसकेका छन् । यता स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५० हजार ५६१ पुगेकाे छ ।

स्पेनमा कोरोनाका कारण २५ हजार ६१३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ५४ हजार ७१८ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २९ हजार ४२७ पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ९४ हजार ९९० पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ५३१ पुगेको छ । संक्रिमतमध्ये ५३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार ४३० काे अवस्था भने गम्भीर रहेको छ ।

त्यस्तै यता जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६७ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ९९३ पुगेको छ । अहिले जर्मनीमा २४ हजार ९१४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २५ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २९ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ५२० जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ७३ हजार २८५ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५२ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १५ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अहिलेसम्म रूसमा एक लाख ५५ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ४५१ पुगेकाे छ । संक्रमितमध्ये १९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ३४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये २ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख १४ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ७ हजार ९१२ पुगेकाे छ । संक्रमितमध्ये ४८ हजार २२१ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ३४० पुगेकाे छ । अहिलेसम्म त्यहाँ ९९ हजार ९७० संक्रमित भएका छन् । संक्रमितमध्ये ८० बढी निकाे भएका छन् ।

चीन भने अहिले ३९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ८३५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा १८५ र इटालीमा २३६ जनाको मृत्यु भएको छ । कुनै बेला यी २ देशमा एकैदिन एक हजारसम्मकाे मृत्यु हुने गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा