राष्ट्र बैंकका गर्भनर अधिकारीको सम्पत्ति कति ?

काठमाडौँ, २४ वैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ, नबिल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ छ ।

गर्भनर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधानअनुरुप अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग दुई मोटरसाइकल र एउटा टोयोटा कार रहेको उल्लेख छ । उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६ सय रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन् ।

कूल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य–तमोर जलविद्युत आयोजनाको सेयरका लागि हो । उनी यसका संस्थापक सेयरधनी हुन् । उनीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाडौँ लगायतका २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ जसको मूल्य ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।

अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदीका गहना छन् । त्यस्तै श्रीमती सरिता अधिकारीको नाममा सैबु गाविसमा २७ आना ३ पैसा २ दाम जग्गा छ । त्यस्तै, ललितपुरको छप्पीमा ४ रोपनी १० आना, २ रोपनी १५ आना र २ रोपनी ६ आना गरी तीन कित्ता छन् । यसको मूल्इ ९० लाख रहेको छ । उनको झापा र हेटौँडामा पनि जग्गा छ । यबाहेक उनीसँग २२ सय वर्गफिटको जग्गा छ । त्यस्तै, अधिकारीको घरमा १४ लाख १० हजार बराबरको टिभी, फ्रिज लगायतका समान रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको