अमेरिकामा कोरोनाबाट मृत्यु संख्या ७२ हजारले नाग्यो

एजेन्सी, २४ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण अहिलेसम्म ७२ हजार २७० को ज्यान गइसकेको छ ।

मंगलबार मात्र २ हजार ३४९ काे ज्यान गयाे । त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख ३७ हजार ६२७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । मंगलबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७९२ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख भन्दा बढी मानिस भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ६४ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा (मंगलबार) कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६० मा झरेकाे छ । साेमबार भने त्यहाँ एकै दिनमा २९६ जनाकाे मृत्यु भएकाे थियाे ।

न्यूयाेर्कमा मंगलबार २ हजार ७६५ मात्र नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३० हजार १३९ पुगेकाे छ । हालसम्म त्यहाँ २५ हजार २०४ जनाले ज्यान गुमाइसकेका छन् ।

यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २९२ पुगेको छ । त्यहाँ एकैदिनमा मंगलबार ३४१ को मृत्यु भयो भने २ हजार ३६० नयाँ संक्रमित थपिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध