पार्टी दुर्घटना हुनबाट बचाएकोमा वामदेव कमरेडलाई सलाम

उपेन्द्र केसी

कमरेड वामदेव गौतमले खेलेको पछिल्लो भूमिकाका कारण नेकपा दुर्घटना हुनबाट जोगिएको छ । उनले खेलेको भूमिकाका कै कारण नेकपा फुटको डीलबाट फर्किएको छ । अव फेरी नेकपा फुटतिर जाने कि आपसमा जुटेर अघि बढ्ने भन्ने कुरा त आगामी दिनले वताउने नै छ ।

वाहिर आए जस्तै सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबैबाट एक साथ हटाउन वाध्य बनाएको भए पार्टीमा दुर्घटना निम्तिने निश्चित थियो । पार्टी पंक्तिका केही नेता–कार्यकताहरुलाई सचिवालयका पछिल्लो निर्णयले टाउँको दुखाएको भए पनि आमकार्यकताको भावनालाई भने यो निर्णयले आत्मासाथ गरेको छ । सचिवालयको पछिल्लो निर्णय हुनुमा गौतमको भूमिकालाई कम आक्न मिल्दैन् । उनले पार्टीलाई दुर्घटनाहुनबाट जोगाउन खेलेको भूमिका प्रशंसनीय मात्रै होइन, तारिफ योग्य पनि छ ।

कुनै समय पार्टी फुटाएर हण्डरखाएका गौतमले यस पटक पार्टीलाई फुट्नबाट जोगाएर देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छन् । पार्टी फुटको तितो पीडा कस्तो हुन्छ त्यो गौतम बाहेक अहिले गौतमलाई गाली गर्नेहरुलाई थाह छैन् । आफ्नो स्वार्थका लागि गौतमलाई सजिलैसंग उपयोग गर्न सकिन्छ भन्ने मान्यतालाई समेत यस पटक उनले गलत सावित गरिदिएका छन् ।

त्यसोत, ओलीको नेतृत्वको सरकार ढाल्ने कसम खाएर धुपबालेकाहरु गौतम प्रति रिसले आगो भएका छन् । सामाजिक सञ्जालमा तितो पोखिरहेका छन् । यसपटक उनले आम नेता तथा कार्यकर्ताहरुको भावनाको पक्षमा खेलेको भूमिका नेकपाको इमान्दार र कर्तव्यनिष्ट कार्यकर्ताहरुले कहिले भूल्ने छैनन् । आफ्ना समकक्षी नेताहरुलाई यो खेलमा चक्मादिएर राजनीतिक खेलाडीकारुपमा उनले आफूलाई स्थापित गरेका छन् । उनले आफूलाई प्रधानमन्त्रीको लाइनमा राख्न यही खेलमार्फत सफल भएका छन् ।

हो, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट गरिएको निर्मम काक्रमण कुनै पनि हिसाबले समय सान्र्दभिक थिएन् । हाम्रो देशमात्रै होईन, सिगो विश्व नै कोरना विरुद्ध कष्टसाध्य संघर्ष गरिरहेको बेला पार्टी अध्यक्ष ओलीमाथि चलाएको हतियार न पार्टी, न त देशकोनै हितको पक्ष थियो । कोरना विरुद्धको लडाईमा सिगो पार्टीपंक्ति एक भएर सरकारलाई सघाउँनु पर्ने बेलामा, उल्टै सरकारलाई ढाल्ने षड्यन्त्रको योजनामा संम्लघन हुनु भनेको आफैमा आत्माघाती खेल थियो ।

पार्टी विधि र विधान अनरुप संस्थागत हिसावले अघि बढ्नुपर्छ यसमा दुई मत छैन् । सरकार पनि पार्टीले भने अनरुप चल्नु पर्छ । पार्टीले गरेका संस्थागत निर्णयहरु प्रधानमन्त्रीले मान्नैपर्छ । पार्टी एकातिर सरकार अर्कोतिर हुनु हुँदैन । तर, हामीले खोलाका दुई किनारा जस्तो पार्टी र सरकार चलेको देखिएकै हो ।

पार्टी देखि सरकार तर्सिने र सरकारदेखि पार्टी तर्सिनु पर्ने अवस्था, पार्टीमा आएकै हो । अब, पाटीलाई एकमना एकताका साथ अघि बढाउनुको विकल्प छैन् । पार्टीमा देखिएका चुनौतिहरुलाई चिर्दै एकताका साथ अघि बढ्ने क्षमता नेताहरुले देखाउने पर्छ । मेरो गोरुको वाह्रै टक्काको नीतिले न पार्टी अघि बढ्न सक्छ,नत सरकार नै । पार्टीमा नेताहरुको मात्रै होइन, असंख्य कार्यकर्ताहरुको भविष्य पनि जोडिएको छ भन्ने कुरा नेताहरुले ख्याल राख्नु प¥यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि