अब एकल पुरुषलाई पनि मासिक भत्ता !

मेलम्ची, २३ बैशाख । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता  पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५००  भत्ता उपलब्ध गराउन शुरुवात गरेको छ ।

सो गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको  अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।  उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चाचू आर्थिक वर्षमा  रु २० लाख विनियोजन थियो  । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो ।’ उनले भने ।

अनुगमनका क्रममा सुनकोशीका ११ श्ययाको क्वारेन्टाइनको मापदण्ड नपुगेपछि हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

क्वारेन्टाइनको नाममा स्थानीय तहले कोठामा श्यया तयार गरेको मात्रै पाइएको र यसका लागि अन्य आवश्यक स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन भइनसकेकाले उक्त क्वारेन्टाइनमा सम्पूर्ण आवश्यक सामग्रीको उपलब्धता नभएसम्मका लागि गणना नगरिएको उनले जानकारी दिए । उनका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाइनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।

अनुगमनको क्रममा श्यया मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीको समेत उपलब्धता नभएको पाइएकाले सो गाँउपालिका वडा नं ४ मा रहेको चार श्यया र वडा नं ७ मा रहेको सात श्ययाको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए  ।

सो गाउँपालिकाले सम्पूर्ण वडावडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँ, समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलीले सोमबार लिसङ्खुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिइन् । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशीमा रहेको १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको थियो ।

५६ जनाले गरे रक्तदान

चौतारामा सोमबार गरिएको कार्यक्रममा विभिन्न ५६ व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको