चरणबद्ध रूपमा उद्योग व्यवसाय खुलाउने तयारी छ : मन्त्री भट्ट

काठमाडौँ, २३ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चरणबद्ध रूपमा उद्योग व्यवसायलाई विस्तारै खोल्दै लैजाने तयारी भइरहेको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो अन्तर्क्रियामा मन्त्री भट्टले विशेष गरी पहिलो चरणमा खाद्यान्नसँग सम्बन्धित वस्तु उत्पादन गर्ने उद्योग खोल्ने तयारी गरिरहेको बताए ।

उनले दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित, तेस्रो चरणमा निर्यातमूलक उद्योग सञ्चालन गर्ने विषयमा उच्चस्तरीय समितिमा छलफल भइरहेको बताए । उनले आज दिउँसो ४ बजे प्रधानमन्त्रीसँगै बस्ने उच्चस्तरीय समितिको बैठकले केही मोडालिटी तयार पारेर भोलिको मन्त्रिपरिषद् बैठकबाट केही निर्णय हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला