चन्दको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी 

काठमाडौँ, २३ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी  नेतृ बन्धुकुमारी चन्दको बन्दी–प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतमा गत फागुन २० गते दायर रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी चन्दलाई गैरकानुनी थुनामा राखेको भन्दै प्रतीक चन्दले सर्वोच्च अदालतमा दुईवटा रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियालाई विपक्षी बनाउँदै फागुन २० मा र जिल्ला प्रहरी कार्यालय दाङलाई विपक्षी बनाउँदै वैशाख ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा