काठमाडौँ, २१ बैशाख । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले छ महिनादेखि रिचार्ज गर्न नसकेका ग्राहकलाई वैशाख २१ देखि ३० दिनसम्म निःशुल्क २०८ वटै च्यानलहरू देखाउने भएको छ ।
डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको छ ।
आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई डिसहाेमले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाइएको छ ।





