-उपेन्द्र केसी-
सामाजिक सञ्जाल र मिडियाबाट प्रकट हुने आग्रहहरु हामीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरेका छौं । स्वभाबिक जनताले आफ्नो प्रतिनिधि दलहरु मार्फत छनोट गर्ने गर्दछन् । ती प्रतिनिधि मार्फत आफ्ना नीति निर्माणका मुद्दाहरु, समाजिक र वैयक्तिक समस्याहरू, विकासका कामहरु गर्ने गर्दछन् । विकसित देशहरू जहाँ आधुनिक सूचना प्रविधि र सिस्टम मार्फत काम हुने गर्दछ । त्यस्ता देशहरुमा जन प्रतिनिधिहरु चाहे राष्ट्र प्रमुख होस् या स्थानीय प्रतिनिधि होस् । उसको भुमिका संयोजनकारी र अनुगमनकर्ताको जस्तो हुने गर्दछ ।
तर हाम्रो जस्तो अल्पविकसित अथवा विकसिल मुलुकमा जनप्रतिनिधि कस्तो होस् भनेर जनताले अपेक्षा गरेका हुन्छन् त १ खास भुमिका खेल्न सक्ने, बहुआयामिक, विशेष क्षेमता राख्ने, संगठन परिचालन गर्न सक्ने, रज्यको उपरी संरचनामा पहुँच राख्न सक्ने, श्रोत साधन परिचालन गर्न सक्ने, जनताको समस्यामा समाधान दिन सक्ने र खास परेको बेलामा जनता र कार्यकर्ताको संरक्षण गर्न सक्ने नेतृत्व जनताले चहान्छन् ।
हामी भक्तपुर बासिले यो मध्येको धेरै गुण भएको नेताको रुपमा सांसद महेश बस्नेतलाई प्राप्त गरेका छौं । बहुदलिय व्यवस्थामा दलहरूको अपसी प्रतिस्पर्धा हुन्छ । दलहरू मात्र भन्दा पनि दलका ब्यक्तीहरुको बीचमा पनि प्रतिस्पर्धा हुने गर्दछ । त्यो खालको प्रतिस्पर्धा कसरी संयमित बनाउने सभ्य र सुसंस्कृत बनाउने भन्ने कुरामा सम्बन्धित दलका नेता कार्यकर्ताहरुले ध्यान दिनै पर्दछ ।
रचनात्मक सुझाव आलोचना ग्रहण गर्ने, वस्तुनिष्ट समिक्षा गर्ने र कमी कमजोरी सच्चाउने दिशामा जानू पर्दछ । नीतिगत, बौद्धिक र सैद्धान्तिक बहस र आलोचनाले आफ्नो ज्ञानको क्षेत्र पनि विस्तार हुन्छ । तर कतिपय दलका नेता र कार्यकर्ताहरु फरक दलका नेताहरूलाई योजना बनाएर समाजिक संजालको दुरुपयोग गरेर होच्याउने, अपमान गर्ने, अश्लिल शब्दबाट गाली गलौज गर्ने अभियान नै संचालन गर्दछन ।
त्यही मध्येका एक पात्र आफुलाई नेपाली कांग्रेस कार्यकर्ता भन्न रुचाउने दधिकोट निवासी रामहरि नेउपाने हुन । उनको फेसबुक वाल हेर्ने हो भने उनको अधिकांश समय नेकपा यसको नेता र कार्यकर्ताहरुलाइ खुइलाउने काममा प्रयोग गरेका छन् । उनी जस्तै अन्य भक्तपुरका १२/१५ जना मान्छेहरु योजना बनाएर लागेका छन् । किरण खडका, बिष्णु राज खत्री, सुमन बस्नेत, अमिर ढुगांना, जगदीश बस्नेत लगायतका ब्यक्तिहरु सकृय छन् । उनीहरुको संरक्षकको रुपमा भक्तपुर कांग्रेस सभापती दुर्लभ थापाले भुमिका खेलेका छन् भन्ने कुरा उनले राखेको स्टाटसबाट सहजै बुज्न सकिन्छ ।
जब उनीहरुको योजनाको पर्दाफास हुन्छ । नेकपाको कार्यकर्ताहरुले पनि उनिहरुलाइ सम्जाउने र प्रतिवाद गर्न थाल्दछन् । अरु माथी कपोलकल्पित आरोप लगाएर, होच्चाएर, बेइज्जत गरेर रमाउने त्यो समूह जब उनहरु बिरुद्ध प्रतिवाद हुन थाल्दछ । अनि छटपटाहट सुरु हुन्छ । हिजो कुण्ठा र आक्रोश पोख्ने साथीहरु आज डर र तआतंकित भएको आभास हुदैछ । सम्झाउने उद्देश्यले लेखिएको मेसेन्जरलाई स्कृन सर्ट बनाएर गलत प्रचार गर्ने र सांसद महेश बस्नेतलाई बदनाम गराउने प्रयास देखिन्छ ।
अधिकांश पाठकहरुले आसगरेका अजयबाबु शिवाकोटीद्वारा सम्पादित हाम्रो खबरले एउटा सामान्य मान्छेको स्टाटस बनाएर समाचार बनाएको देख्न पाइयो । म आफै पनि पत्रकारिताको लामो अनुभवी भएको कारण अजय जीलाई केही सुझाव दिन चहान्छु ।
कुनै पार्टी या कोही ब्यक्ति प्रती आग्रह राखेर मिसन बनाएर सत्यभन्दा पनि काल्पनिक समाचार छाप्नु या झिङ्गा जस्तो बिषयलाई पहाड जस्तो बनाएर प्रचार गर्ने कुराले अफ्नो र आफ्नो संचार माध्यमको उचाइ गिराइ रहेको हुन्छ । आफै समिक्षा गर्नुहोस त कुनै बेला पूर्वसभामुख र पूर्वसंचार मन्त्रीको समाचार फ्ल्यास आउट गरेको तपाईंको न्युज भ्यालु र आज भक्तपुरको महेश बस्नेतले गरेको विकासको बाटो, माटो र स्थानीयले राखेको चोकको नाम अनि महेश बस्नेतले प्रधानमन्त्रीको राजिनामा मागेको र महेश बस्नेतको मेसेन्जर मेसेज र किशान श्रेष्ठ र सर्बेन्द्र खनालसंगको संजय श्रेष्ठसंगको रिलेसन जोडेर लेखिएका हल्का, फुल्का, आग्रह र पुर्बाग्रह भरिएको समाचारले तपाईंको र तपाईको अनलाइन हाम्रो कुराको उचाई खस्कदै गएको छ । बेलैमा बिचार गर्दा राम्रो हुनेछ ।
पूर्वउपाध्यक्ष प्रेस चौतारी नेपाल






